वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा सप्तमी - २२
वीरगन्ज भन्सार कार्यालय, पर्साको परिचय
भन्सार प्रशासन सीमा क्षेत्रमा रही राजस्व संकलन, वैध व्यापारको सहजीकरण, अवैध व्यापार नियन्त्रण एवं मानवीय तथा वातावरणीय स्वास्थ्यमा प्रतिकुल असर गर्ने मालवस्तुको नियन्त्रण गर्ने उद्धेश्यले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १९ इनर्वामा अवस्थित बीरगन्ज भन्सार कार्यालयले वि.सं. २०१९ सालमा भन्सार ऐन जारी भएसँगै आधुनिक भन्सार कार्यालयको रुपमा आफ्नो कार्य गर्दै आएको छ । पर्सास्थित वीरगञ्ज भन्सार कार्यालय तथा सुख्खा बन्दरगाह भन्सार कार्यालय गरी दुईवटा भन्सार कार्यालय रहेकोमा २०८२ साउन १ गतेदेखि एक आपसमा मर्ज भई एकै भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय रहेको छ । यस भन्सार कार्यालय अन्तर्गत मटिअर्वा, सिर्सिया, पिपरपाती, सिम्रौनगढ, भिस्वा अमृतधारा (ठोरी), अवही, कचर्वा, अलौ, गाढपर्सौनी र जानकी टोला गरी ११ वटा छोटी भन्सार कार्यालय रहेका छन् ।
छिमेकी मुलुक भारतका अलवा तेश्रो मुलुकहरुसंग आयात/निर्यात गर्दै आएको यस भन्सार कार्यालयबाट पैठारी हुने मूख्य मूख्य बस्तुहरुमा सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, एलोपेथिक औषधि, इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा, खाद्यन्न, प्लाष्टिकका कच्चा पदार्थहरु, फलामे छडडण्डी, पाइप, तयारी कपडा, हल्का पेय पदार्थका, औद्योगिक मेशिनरी तथा कच्चापदार्थ,कोईला आदि आयात हुने गरेको छ भने भटमासको तेल प्रशोधित, सुर्यमुखिको प्रशोधित तेल फलफुलको जुस फलाम तथा फलामका सामग्रीहरू सेन्थेटिक यार्न बिभिन्न किसिमका कपडाहरु पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस आयुर्वेदिक औषधी कुकुर वा बिरालोको मालवस्तु निकासी हुने गरेका छन् ।
भन्सार विभागले राजस्व असुलीका लागि तोकेको कूल लक्ष्को करिव ४६-४८ प्रतिशत राजस्व असुली भईरहेको यस भन्सार कार्यालयमा पुर्णतया कम्प्युटराइज्ड प्रणालिबाट मालबस्तुको भन्सार जाँचपासको कार्य सञ्चालन हुँदै आएको छ । मालवाहक ट्रक भित्रिने, बाहिरिने तथा पार्किङ्गको व्यवस्थापन लगायतका यस कार्यालयको यार्ड व्यवस्थापनको सम्पूर्ण काम TRS Himalayan Logipark Pvt. Ltd. , Pristine Valley Pvt. Ltd. द्वारा हुँदै आएको छ।