NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९

बारम्बार सोधिने प्रश्नहरू

निकासी/पैठारीकर्ताले System बाट आफ्ना मालबस्तुको विवरण भरेपश्चात कम्प्यूटर प्रणालीबाट आवश्यक प्रकृया पुरा गरी मालबस्तुको जाँचपास गर्ने, कानुन अनुसार कम्प्यूटर प्रणालीले नै सरकारलाई तिर्नबुझाउनुपर्ने राजस्व रकमको विवरण तयार गर्ने र आवश्यकता अनुसार तथ्यांक निकाल्ने प्रशोधन गर्ने कार्यमा प्रयोग हुने System लाई Asycuda World System भनिन्छ ।

FOB(Free on Boarder) यसको अर्थ मालबस्तु निकासी गर्ने देशको सीमासम्मको मूल्य भन्ने बुझिन्छ । यसमा भाडा, बीमा समावेश भएको हुँदैन । यो प्राय निकासी गरिने मालबस्तुमा प्रयोग हुन्छ । CIF(Cost, Insurance and Freight) यसमा मालबस्तुको मूल्य,भाडा तथा बीमा समेत समावेश गरिएको हुन्छ । यो प्रायः पैठारी गरिने मालबस्तुमा प्रयोग गरिन्छ । CIP(Carriage and Insurance Paid) यसमा पनि मालबस्तको मुल्यमा भाडा तथा बीमा समावेश गरिएको हुन्छ र यो पनि पैठारी गरिने मालबस्तुमा प्रयोग गरिन्छ । C&F(Cost and Freight) यसमा मालबस्तुको मूल्य र भाडा समावेश गरिएको हुन्छ तर बीमा समावेश गरिएको हुँदैन । यो पनि पैठारी गरिने मालबस्तुमा प्रयोग गरिन्छ ।

परिवर्त्य विदेशी मुद्रामा प्रतीतपत्र खोल्ने बैकले विदेशबाट मालबस्तु चलानी भएको कागजात प्राप्त भएपछि सो मूल्य बराबरको रकम पैठारीकर्ताबाट असुल गरि भुक्तानी पठाउँछ । भन्सार प्रयोजनका लागि प्रतितपत्रमा उल्लेख भए बमोजिम भुक्तानी गएको रकम नेपाल राष्ट्र बैकबाट निर्धारित ढाँचाको फारम सम्बन्धित बैकले पठाउँछ । यसलाई नै विविनि फाराम ४ ले चिनिन्छ । भन्सार कार्यालयले मालबस्तुको जाँचपासको कार्य सकेपछि उक्त फारामलाई प्रमाणित गरिदिन्छ । यसको मूख्य उद्देश्य बैदेशिक मुद्रा अपचलन हुनबाट रोक्नु हो ।

मालबस्तु जुन देशमा बनेको वा उत्पादन भएको हो सो मुलुकको अधिकारप्राप्त निकायले उक्त मालबस्तुको उत्पादन सोही मुलुकमा भएको हो भनि जारी गरेको कागजात नै उत्पत्तीको प्रमाणपत्र हो र यस्तो प्रमाणपत्र सरकारबाट तोकिएको निकाय/चेम्बर अफ कमर्स/नेपाल उद्योग बाणिज्य महासंघ आदिबाट जारी हुन्छ ।

Customs Transit Declaration को छोटकरी रुप हो । नेपाल र भारतबीच भएको दुई पक्षीय व्यापार तथा पारवहन सन्धीमा उल्लेख भए अनुसार तेश्रो मुलुकबाट भारतको स्थलमार्ग भई नेपालमा पैठारी हुने र निकासी हुने मालबस्तुको लागि नेपालको तोकिएको भन्सार बिन्दुसम्म ल्याउन र नजिकको बन्दरगाहसम्म ढुवानी गर्दा भर्नुपर्ने फाराम हो । तेश्रो मुलुकबाट पैठारी गरिएका वा तेश्रो मुलुकतर्फ निकासी गरिने मालबस्तु भारतीय भूमिमा दुरुपयोग नहोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

मालबस्तुको निकासी वा पैठारीको सन्दर्भमा बैकद्वारा मालबस्तुको मूल्य भुक्तानी गर्ने प्रकृया र पैठारीकर्ता/निकासीकर्ताबीच बैकको मध्यस्थतामा भएको कागजात हो ।

निकासीकर्ता/पैठारीकर्ताले निकासी/पैठारी गर्ने मालबस्तुको विवरण घोषणा गर्ने फाराम हो ।

नजिकको बजारसम्म पुगी सोही दिन फर्कने भएमा कुनै महसुल लाग्दैन । यसका लागि भन्सार विन्दुमा दर्ता गराइएको कागजात अनिवार्य रुपमा हुनु पर्दछ ।

१) कार, जीप, र भ्यानमा दैनिक रु.६०० २) बस, मिनीबस लगायत टुरिष्ट गाडीमा दैनिक रु. ६०० ३) मोटर साइकाल र स्कुटरमा दैनिक रु. २०० ४) तीन पांग्रे सवारी साधनमा दैनिक रु ४०० यस प्रकार महसुल तिरी पैठारी भएका सवारी साधनहरु एक वर्षमा तीस दिन भन्दा बढी नेपालभित्र राख्न पाइदैन ।

भन्सार ऐन मा भएको व्यवस्था पालना भएको अवस्थामा महसुल नलाग्ने व्यवस्था छ |

पाईदैन । भारतमा उत्पादन गरिएको वा भारतमा निर्माण गरिएको मालवस्तु मात्र नेपालमा आयात गर्न सकिन्छ । भारतबाट आयात गरिने मालवस्तु भारतमानै उत्पादन वा निर्माण गरिएको हुनुपर्दछ ।

१) प्रज्ञापनपत्र २) भारती मुद्रामा प्रतीतपत्र खोलेको भए सो प्रतीतपत्र ३) विजक ४) विमाको कागज ५) प्याकिङ्ग लिष्ट ६) ढुवानी कागजात ७) भारती मुद्राको प्रतीतपत्र हकमा सम्वन्धित बैंकले जारी गरेको वि.वि.नि. फा. ४ (ख) ८) फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र ९) उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र १०) मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र ११) कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो सिफारिस पत्र १२) भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र